काठमाडौं, १५ पुस । प्रभु लाइफ इन्स्योरेन्सको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सुचिकरणको लागि प्रक्रिया अगाडी बढाएको छ । कम्पनीको शेयर आइतबारदेखि बजारमा कारोबार गर्न मिल्ने गरी सुचीकरणको प्रक्रिया अघि बढाएको जनाएको छ ।
कम्पनीको अनुसार सुचीकरणको लागि गर्नुपर्ने सबै काम सकिएका छन् । शेयर शुक्रबार नै दोस्रो बजारमा आउने भएको छ । प्रभुले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ निष्काशन गरेको थियो ।
त्यसबाट ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामुहिक लगानी कोषहरुलाई दिएर बाँकी रहेको ५४ लाख कित्ता शेयरमा सर्वसाधारणको लागि निष्कासन गरेको थियो । यो आईपीओ निष्काशन पछि कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ पुगेको इन्स्योरेन्सले जनाएको छ ।