काठमाडौं, १५ पुस । बुधबार नबिल बैंकको बुक क्लोज हुने दिन हो । अन्तिम दिन पनि बैंकमा अत्यधिक रकमको सेयर किनबेच भइरहेको जनाएको छ । आगामी साधारण सभा र लाभांश वितरणको लागि बैंकले आज बुक क्लोज गरेको हो ।
बैंकहरु मध्येको सबैभन्दा धेरै ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको यो बैंकको सेयर लाभांश कायम गर्ने समय सकिदा पनि अत्यधिक कारोबार भएको हो । बैंकले यो वर्ष ३३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.७६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
बुक क्लोजको आधारमा पुस १४ गतेसम्म कायम भएका सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । आजमात्रै नबिल बैंकले सर्वाधिक १२ करोड २८ लाख भन्दा धेरै मुल्यको सेयर कारोबार भएको जनाएको छ ।