Logo

प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएपछि दाहाल-नेपाल समूहको स्थायी कमिटी स्थगित



काठमाडौँ, १५ पुस। नेपाल कम्युनिस्ट पार्टी (दाहाल-नेपाल) समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ। पेरिसडाँडामा बस्‍ने भनिएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएपछि स्थगित भएको हो।

सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ।

नेकपा विभाजन भएपछि दोस्रो पटक उक्त समूहको स्थायी कमिटी बस्दै थियो। आजको बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध थप आन्दोलन तय गर्ने तयारी रहेको थियो।-File photo



प्रतिक्रिया दिनुहोस्