Logo

२४ घन्टामा कोरोनाबाट ७ जनाको मृत्यु



काठमाडौं, १५ पुस । कोरोना संक्रमणबाट आज थप ७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८४७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ५ सय ११ थपिएका छन् । आज ६ सय जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६० हजार ५९ संक्रमित भएपनि २ लाख ५१ हजार ९ सय १२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ३ सय संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख २६ हजार ४ सय ७७ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३६२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot