Logo

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा माघ ८ गते



काठमाडौं, १५ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले मागको ८ गते साधारण सभा बोलाएको छ । बैंकको ३४ औं वार्षिक साधारणसभा केन्द्रिय कार्यालयमा बिहान १० बजे बस्ने निर्णय सञ्चालक समितिको बैठकले गरेको जनाएको छ ।

साधारण सभाले असार मसान्तसम्म कायम भएका चुक्तापुँजीको १३ प्रतिशत बोनस सयेर र ५.५ प्रतिशत नगद लाभांश दिने समेत पारित गर्ने जनाएको छ । उक्त सभामा बैंकलाई अन्य सस्थासँग मर्जर गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने सम्बन्धि सबै काम सञ्चालक समितिलाई जिम्मेवारी दिने प्रस्ताव पनि पारित गर्ने योजना रहेको छ ।

साधारण सभाको लागि पुस २२ गतेदेखि सभा नभएसम्मको लागि बैंकको सेयर दाखिला दर्ता बन्द रहने बैंकले जनाएको छ । नेप्सेमा पुस २१ गतेसम्म कारोबार भएका पुस २७ भित्र बैंकको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त भएका नामको आधारमा दर्ता किताबमा कायम भएका सेयरधनीहरु सभामा उपस्थित हुन पाउने छन् र लाभांश पनि प्राप्त गर्न सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्