Logo

काठमाडौमा आज ३१२ जनामा संक्रमण पुष्टि



काठमाडौं,  १५ पुस । काठमाडौं उपत्यकामा आज ३१२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ५ सय ११ जना थपिएकोमा काठमाडौंमा मात्र ३१२ जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौं उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौंमा २२५, ललितपुरमा ४९ र भक्तपुरमा ३८ जना रहेका छन् ।  आज ६ सय जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६० हजार ५९ संक्रमित भएपनि २ लाख ५१ हजार ९ सय १२ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ३ सय  संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख २६ हजार ४ सय ७७ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ६२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्