Logo

नेकपा विभाजनको असरः राष्ट्र बैंकले बैंक खाता रोक्का गर्दै



काठमाडौं, १५ पौष । नेपाल कम्युनिस्ट पार्टीको विभाजनको असर चल अचल सम्पत्तिमा पनि परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहले नेकपा पार्टीको दाबी गरेसँगै सम्पत्ति विवाद पनि चलेको छ । प्रचण्ड समूहले सम्पत्ति रोक्का गर्न राष्ट्र बैंकसहित सबै बैंकहरुलाई पत्राचार गरेका थिए ।

पत्राचारका आधारमा राष्ट्र बैंकले सबै बैंकहरुलाई पत्राचार गर्ने भएको छ । बिहिबार बैंकहरुलाई पत्राचार गर्ने तयारी भएको बुझिएको छ ।

नेकपाको राजधानी र विभिन्न जिल्लामा पार्टी कार्यालयको जग्गा र भवन छ । पार्टीको कोषमा समेत रकम छ ।



प्रतिक्रिया दिनुहोस्