Logo

प्रचण्डजीलाई धुँदाधुँदा साबुन सकिए



काठमाडौं, पुस १६ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना हुन नसक्ने बताएका छन्। संविधानको व्यवस्थाअनुसार नै प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

ओलीले बुधबार बबरमहलमा आफू नेतृत्वको नेकपाका सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै संसद्को ६४ प्रतिशत सांसदको सर्वसम्मत दलका नेता आफू रहेको र त्यो सर्वसम्मत दलका नेताले गरेको निर्णयलाई बाँकी ३८ प्रतिशतले उल्ट्याएर सरकार बनाउने विकल्प दिन नसक्ने बताएका हुन्।

उनले अध्यक्ष पद चाहिने भए महाधिवेशनबाट निर्वाचनमा प्रतिस्पर्धा गरी जितेर आउन पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई चुनौती दिए। उनले दाहाल र नेपालप्रति कटाक्ष गर्दै निर्वाचनमा आएर प्रतिस्पर्धामा भाग लिन आग्रह गरे। अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot