काठमाडौं, १६ पुस । आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टर प्रालीले गुर्जो अभियन्ता कमलबहादुर राजलवटलाई सम्मान गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यतामा राजलवटलाई उक्त प्रालीले एक कार्यक्रमकाबीच उनलाई सम्मान गरेको हो ।
प्रालीका अध्यक्ष ग्रुबेन तौजलेको नाममा प्रदान गरिएको सम्मान–पत्रमा लेखिएको छ,‘स्वस्थ जीवनको लागि आयुर्वेद जुडीबुटी एवं औषधीले महत्वपूर्ण भूमिका निभाएको हुन्छ भन्ने कुरालाई यहाँले विश्वास गर्दै आयुर्वेद जडीबुटी सेवन एवम प्रयोगको लागि जनमानसमा सेवाको भावनाले प्रेरित भई एक लाख पचास हजार गुर्जो (गिलोयी) तथा पाँच हजार जना कोभिड–१९ पोटेटिभहरुलाई आयुर्वेद औषधी वितरण गर्नु स्वास्थ्य तथा सामाजिक क्षेत्रमा प्रशंनीय कार्य गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै उक्त महत्वपूर्ण कार्यको लागि आयुर्वेद पञ्चकर्म हेल्थ होम एण्ड रिसर्च सेन्टर प्रा.ली. को उद्घाटन समारोहको अवसरमा तपाईलाई यो सम्मान–पत्रद्धारा सम्मान गरिएको छ । तपाईँको उत्तरोत्तर प्रगतिको कामनाको साथै आयुर्वेद क्षेत्रमा अझ बढि कार्य गर्न सकोस् भन्ने शुभकामना छ ।’ सम्मानित राजलवट जलेश्वर नगरपालिका–२, महोत्तरीका स्थायी वासिन्दा हुन भने उनी हाल आन्तरिक राजश्व कार्यालय, काभ्रे, धुलिखेलमा प्रमुखको रुपमा कार्यरत छन् ।