Logo

घरमा कोही नभएको बेला किशोरी बलात्कृत



काठमाडौं, १६ पुस । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुरेन मोक्तान बुधबार दिउँसो पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा ती किशोरीलाई सुरेनले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी भार्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्