Logo

सालकको खपेटा सहित दुई जना पक्राउ



काठमाडौं, १६ पुस । सालकको खपेटा सहित दुई जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट सालकको खपेटा सहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा धादिङ धुनिबेशी नगरपालिका–५ घर भएका १९ वर्षीय मनोज राई र नुवाकोट बेल्कोटगडि नगरपालिका–२ घर भएका २३ वर्षीय सूर्य तामाङ रहेका छन् ।

धादिङबाट काठमाडौंतर्फ आउदै गरेको बा.३ ख ६१३८ नम्बरको बसलाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार राईको झोलामा उक्त खपेटा फेला पारेपछि राई र उक्त खपेटा लिन आएका तामाङ समेतलाई सितापाईलाबाट पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्