Logo

कोरोनाबाट थप ९ जनाको मृत्यु



काठमाडौं, १६ पुस । कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ५ सय ३४ थपिएका छन् । आज ४ सय ४७ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६० हजार ५ सय ९३ संक्रमित भएपनि २ लाख ५२ हजार ३ सय ५९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ३ सय ७८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ३२ हजार ४ सय ७७ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ६२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot