Logo

काठमाडौ उपत्यकामा २४७ संक्रमित थप



काठमाडौं, १६ पुस । काठमाडौं उपत्यकामा आज २४७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर ५ सय ३४ जना थपिएकोमा काठमाडौंमा मात्र  जना थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज काठमाडौंमा थपिएका संक्रमित मध्ये १०३ महिला र १४४ पुरुष रहेका छन् । आज  ४ सय ४७  जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६० हजार ५ सय ९३ संक्रमित भएपनि २ लाख ५२ हजार ३ सय ५९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ३ सय ७८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ३२ हजार ४ सय ७७ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ६२ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot