Logo

चीनले आफ्नो नागरिकका लागि निशुल्क कोरोनाविरुद्वको खोप उत्पादन गर्ने



एजेन्सी, १६ पुस । चीनले आफ्ना नागरिकका लागि निः शुल्क खोप उत्पादन गर्ने भएको छ । नागरिकको प्रयोगको आधारमा खोपको मुल्य तय गरिने वा निः शुल्क गरिने विषयको जानकारी चिनियाँ स्वास्थ्य अधिकारिहरुले बिहिबार गराएका हुन् ।

चीनले खोप उत्पादनका लागि सशर्त बजारलाई मान्यता दिएको छ । जसले चिनियाँ राष्ट्रिय बायोटेक ग्रुप द्वारा निर्मित खोप सिनोफार्मलाई उत्पादन गर्नेछ । यस सन्दर्भमा चिनियाा मेडिकल साइन्स तथा प्रविधिको निर्देशकले भने, ‘मास भ्याक्सिनेशनको लागि हामीले अभियान सुरु गरिसकेका छौँ । अभियानमा खोपको मूल्य प्रयोग हुने अनुसारले निकै कम वा निः शुल्क हुनेछ जसले सम्पूर्ण स्तरका मानिसहरुलाई खोप प्रदान हुनेछ ।’ त्यसैगरी अन्य अधिकारीले खोपको प्रयोग अनुसार मूल्य निर्धारण हुने वा निशुल्क समेत वितरण गर्ने योजना रहेको जनाएका छन् ।

चीनले कोरोनाविरुद्व आपत्तकालिन प्रयोगका लागि खोपलाई जून देखि प्रयोगमा ल्याइसकेको छ । र, डिसेम्बर १५ देखि कोरोनाको जोखिममा रहेका मानिस र महत्वपूर्ण कार्यमा लागेका स्वाथ्यकर्मी, सुरक्षाकर्मीहरुलाई भ्याक्सिनेशन सुरु गरिसकेको छ । चीनको विभिन्न प्रान्तले कोरोनाविरुद्वको लडाईमा खटिएका व्यक्तिहरुलाई निशुल्क खोप लगाइरहेको जनाइएको छ ।

कतिपय प्रान्तमा महत्वपूर्ण व्यक्तिलगायत अन्य देशमा शिक्षा हासिल गरिरहेका विद्यार्थीहरुले २३४ युआन तिरेर खोप लगाएका छन् । चीनको विभिन्न प्रान्तले कोरोना परिक्षण गर्ने मूल्यलाई निकै कम गरेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot