काठमाडौं, १६ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियत दरमा ऋण दिने भएको छ । सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबीच सस्तो दरमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई कर्जा दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको जनाएको छ ।
वैदेशिक रोजगारबाट बन्चित भएका युवाहरुलाई १० लाख सम्म कर्जा सहुलियत दरमा प्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ । नेपालीहरु विदेशबाट स्वदेश फर्कने क्रम बढ्दै गएकोले युवा जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सजिलो होस् भन्ने उद्देश्यले बैंकले सम्झौता गरेको जनाएको छ ।
बैंकले युवाहरुको मिहिनेत, जोश जागर, विदेशबाट आर्जेका सिप र प्रविधिलाई उपयोग गरी केही रकम लगानी गरेर अर्थतन्त्रको मुल प्रवाहमा ल्याउन सकेमा देशमा सकरात्मक परिर्वतन आउने विश्वास राखेको छ ।
सिटिजन्स बैंकले देशभरी १०९ वटा शाखा, ९८ स्थानमा एटिएम र १०६ वटा शाखा रहित बैंकिंङ्ग ईकाईहरुले ६ लाख भन्दा धेरै ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको बताएको छ ।