एजेन्सी । भारतीय शेयर बजारका सुचकहरु सेन्सेक्स र निफ्टीले अहिलेसम्मकै उच्च स्थानमा पुगेका छन् । आज २०२० को अन्तिम कारोबार हुने दिन हो । सञ्चार माध्यमका अनुसार धेरै विदेशीले लगानी गरेका कारण पछिल्लो भारतीय शेयर बजार उच्च स्थानमा पुगेको हो ।
यसअघि १३ हजार ५५ को स्तरमा रहेको निफ्टीले आज १४ हजारको उचाईमा पुगेको जनाएको छ । सेन्सेक्स यसअघि ४७ हजार ८६५.५६ बिन्दुको उचाईमा पुगेको थियो, बिहीबार भने ४७ हजार ८४७.४६ बिन्दुमा पहिलो पटक पुगेको छ ।