Logo

बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव पक्षको सबै बैंकलाई पत्र



काठमाडौं, १६ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैंक खाता रोक्का गर्न प्रचण्ड–माधव पक्षले सबै बैंक तथा वित्तिय सस्थाहरुलाई बुधबार पत्राचार गरेको छ । सत्तारुढ दल नेकपाको नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेसहितका समुहले बैंकलाई पत्राचार गरेको हो ।

उनीहरुको समुहले पार्टीभित्रको विवाद र पार्टीको नाममा सबै सम्पत्ति कसको भन्ने टुंगो नलागेको कारण इमेल मार्फत खाता रोक्का गर्न पत्र पठाएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षका समुहले आर्थिक कारोबार कब्जा नगरोस भनेर बैंकहरुलाई पत्राचार समेत गरेको प्रचण्ड पक्षले आरोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस्