Logo

एनसीसी बैंकको साधारण सभा माघ ९ मा हुने



काठमाडौं, १६ पुस । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) ले माघ ९ गते साधारण सभा बोलाएको छ । बैंकको २३ औं साधारणसभा केन्द्रिय कार्यालयमा बिहान १० बजे गर्ने जनाएको छ ।

पुस १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको हो । माघ ९ गते बस्ने सभाले ०७६÷०७८को चुक्तापुँजीको १०.२७ प्रतिशत बोनस सयेर र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने जनाएको छ ।

बैंकले ९ अर्ब ३५ करोड ३९ लाख १६ हजार रुपैयाँ चुक्तापुँजीको आधारमा लाभांश वितरण गर्न लागेको हो । सभाले बैंकले अन्य कुनै बैंक तथा वित्तिय सस्थासँग मर्जर गर्ने, पहिचान गर्ने, सम्झौता पत्रमा हस्ताक्षर गर्ने, मुल्यांकनकर्ता नियुक्ति गर्न आवश्यक कार्यका लागि सम्पुर्ण काम अगाडि बढाउने समेत सबै जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्ने भएको छ ।

पुस २० गते सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा उपस्थित हुन र लाभांश प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्