Logo

सुदूरपश्चिममा एक लाख घरधुरी मेट्रिक प्रणालीमा आबद्ध



धनगढी, पुस १७ । सुदूरपश्चिम प्रदेशका एक लाख घरधुरीमा मेट्रिक ठेगाना प्रणाली लागू गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण लगानीमा क्षेत्रीय सहरी विकास आयोजना धनगढीले कैलालीको धनगढी उपमहानगरा, गोदावरी नगरपालिका, कञ्चनपुरका भीमदत्त र शुक्लाफाँटा नगरपालिकाभित्र मेट्रिक ठेगाना प्रणाली लागू गरेको हो ।

कैलाली र कञ्चनपुरका चार वटै सहरभित्रका घर तथा व्यावसायिक आवासको पहिचान गरेर सडक सञ्जालमा आधारित करिब एक लाख घरधुरी मेट्रिक ठेगाना प्रणालीमा जोडेर घर तथा आवासीय भवनको नम्बरिङ गरिएको हो ।

प्रदेशमा पहिलो पटक मेट्रिक प्रणाली अवलम्बन गरिएको प्राविधिक विज्ञ उमेश कुँवरले बताए । ‘सुरुमा हामीले सम्पूर्ण बाटोको नाम संकलन गर्‍यौं,’ कुँवरले भने, ‘सम्बन्धित वडाअध्यक्षको संयोजकत्वमा चलनचल्तीमा रहेको बाटोको नामकरणसँगै घर, विद्यालय, व्यावसायिक आवास, निजी तथा सार्वजनिक भवन र मानव प्रयोजनका लागि निर्मित सम्पूर्ण घरको मेट्रिक प्रणालीअनुसार नम्बरिङ कार्य सम्पन्न भयो ।’

मेट्रिक ठेगाना प्रणालीअन्तर्गत सम्बन्धित नगरपालिकाभित्रका मुुख्य सडकलाई कोडिङ गरिएको छ । कोडिङपछि ती सडकको एउटा–एउटा प्रवेश बिन्दुु र अन्तिम बिन्दुु लिइएको छ ।

प्रवेश बिन्दुुबाट प्रत्येक घरको मूल ढोकासम्मको दूरी मिटरमा नापेर सोही नापको आधारमा घरको नम्बर राखिएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीले
बताएको छ ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्