Logo

संस्थागत संरचनाको प्रबन्ध गर्न सुुझाव



काठमाडौं, पुस १७। लोकसेवा आयोगले सङ्घीय संरचनाअनुरूप तीन तहका प्रशासनिक संयन्त्रबीच समन्वयका लागि संस्थागत संरचनाको प्रबन्ध गर्न सरकारलाई सुुझाव दिएको छ । साथै आयोगले वर्तमान प्रशासकीय कार्यविधिमा रहेका कमी हटाई सेवा प्रवाह प्रभावकारी बनाउन विविध सुझाव पनि दिएको छ ।

राष्ट्रपति भवनमा बिहीबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत आयोगको ६१औंँ वार्षिक प्रतिवेदनमा यस्तो सुुझाव दिइएको हो । आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले राष्ट्रपतिसमक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदनमा २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म आयोगबाट सम्पादित काम कारबाही समेटिएका छन् ।

आयोगका वर्तमान पदाधिकारीहरूको नियुक्तिपछिको यो छैटौंँ तथा अन्तिम प्रतिवेदन हो । आगामी चैत १० गतेदेखि आयोगका सबै पदाधिकारीको पदावधि समाप्त हुँदैछ । यसर्थ निजामती, सुरक्षा निकाय र सङ्गठित संस्थाहरूका पदपूर्ति प्रक्रिया ठप्प हुन नदिन समयमै आयोगका पदाधिकारीको नियुक्ति हुन उचित पहल हुने अपेक्षा आयोगले गरेको जनाएको छ ।

प्रतिवेदनमा आयोगबाट सम्पादित पदपूर्तिसम्बन्धी काम कारबाही, आयोगको परामर्शदायी भूमिकाअन्तर्गत सम्पादित कार्य, विगतका सुझाव कार्यान्वयनको समीक्षासहित सार्वजनिक सेवामा गर्नुपर्ने सुधारका विषयमा सुझाव दिइएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्