Logo

२४ घन्टामा ८ संक्रमितको मृत्यु



काठमाडौं, १७ पुस । कोरोना संक्रमणबाट आज थप ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८६४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय २६ थपिएका छन् । आज ७  सय ४८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६१ हजार १९ सय  संक्रमित भएपनि २ लाख ५३ हजार १ सय ७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ६ हजार ४८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १९ लाख ३७ हजार ७ सय २ जनाको पिसीआर परिक्षण भएको छ भने त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ३ सय ६७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot