Logo

चीन र भारत नवौँ चरणको सैन्य वार्ताको योजनामा



एजेन्सी, १७ पुस । चीन र भारत सिमा विवादलाई लिएर नवौँ चरणको सैन्य वार्ता गर्ने योजनामा रहेका छन् । यसका लागि छलफल गरिरहेको चिनियाँ सैनिक प्रवत्ताले जनाएका छन् ।

उनले बिहीबार यस विषयको जानकारी गराएका हुन् । आठौँ चरणको वार्ता सम्पन्न भइपश्चात लद्दाखको विवादीत क्षेत्रमा रहेका दूवै तर्फका सैनिकहरु पछाडी हटेका छन् भने सिमा सुरक्षा बललाई दुवै देशले बलियो बनाएको छ । आठौँ चरणको वार्ता नोभेम्बर महिनामा सम्पन्न भएको थियो ।

चरणवद्व किसिमले वार्ता भइरहँदा समस्यामा केही कमी आएको जनाइएको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवत्ता टान केफिले सिमा विवाद अहिले समान्य अवस्थामा रहेको पत्रकार सम्मेलनमार्फत अवगत गराएका थिए । चीन सिमा विवादलाई लिएर भारत संग शैन्उ र कुटनीतिक स्तरमा वार्ता गरिरहेको विषयमा समेत प्रवत्ताले जानकारी दिए । लगातारकमो वार्ताले तनावग्रस्त र विश्वकै ध्यान केन्द्रित गरेको चीन भारत सिमा विवादको तनावमा कमी आएको उनले स्पष्ट पारे ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot