Logo

अल्जेरियाले रुसी खोप स्पुतनीक भीलाई कोरोनाविरुद्व प्रयोग गर्ने



एजेन्सी, १७ पुस । अल्जेरियाले रुसी कोरोना विरुद्वको खोप स्पुतनीक भीलाई प्रयोग गर्ने भएको छ । अल्जेरियाले २०२१ कोे जनवरी महिनाबाट खोपको मास भ्याक्सिनेशन गर्ने विषयको जानकारी प्रधानमन्त्रीले बुधबार दिएका हुन् । अ

ल्जेरियाका स्वास्थ्यमन्त्रीले यस सन्दर्भमा भने,‘हामीले कोरोना भाइरसविरुद्वको खोपको सम्झौता रुसी खोप निर्माता सित गरेका छौँ । र, हामी आगामी महिना जनवरीबाट खोपको प्रयोग गर्नेछौँ । अल्जेरियाली सरकारले अन्य खोप निर्मातासंग पनि खोप खरिद बारे छलफल गरिरहेको जनाइएको छ । अल्जेरियाले सम्पूर्ण नागरिकलाई खोप निशुल्क प्रदान गर्ने प्रतिबद्वता व्यक्त गरेको छ । अल्जेरियाले प्रभावकारी खोपलाई प्रयोगमा ल्याउने विषयमा समेत अवगत गराएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्