Logo

पाकिस्तानमा रहेको हिन्दू मन्दिर भत्काउने २६ जना हिरासतमा



एजेन्सी, १७ पुस । उत्तर पश्चिम पाकिस्तानमा अवस्थीत हिन्दू मन्दिरलाई भत्काएको र आगो लगाएको आरोपमा दुई दर्जन भन्दा बढी मुस्लिमहरुलाई पाकिस्तान प्रहरीले हिरासतमा लिएको छ । उनीहरुलाई पाकिस्तान प्रहरीले बिहिबार हिरासतमा लिएका हुन् ।

मन्दिर भत्काउन करिब १५ सय मुस्लिमको जमात ओर्लिएको थियो । यो दृश्यले १९९७ मा घटेको घटनालाई दर्शाएको छ । हिन्दु मन्दिर पाकिस्तानको करक जिल्लाको विकट गाउँमा अवस्थित थियो । पेशाबरको दक्षिण पूर्वी इलाकाबाट करिब १६० किमी को दूरी रहेको मन्दिरलाई मुस्लिम समूदायले भत्काएको छ । प्रहरीका अनुसार पवित्रस्थल भत्काएको आरोपमा २६ जना लाई हिरासतमा लिएको जानकारी दिएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्