Logo

विश्वका ५० भन्दा बढी देशले सुरु गरे कोरोना विरुद्वको खोप अभियान



एजेन्सी, १७ पुस । कोरोना महामारीविरुद्वको खोप अभियानलाई ५० भन्दा बढी देशले सुरु गरिसकेको छ । महामारीको उत्पत्ति भएको चीनले सर्वप्रथम कोरोनाविरुद्वको खोप अभियान सुरु गरेको थियो । आजसम्म ५० लाख चिनियाँ नागरिकले खोप लगाइसकेको तथ्यांक सार्वजनिक भइसकेको छ । बिहीबार बेजिङले सिनोफार्म खोपलाई सःशर्त बजारमा प्रयोग गर्न अनुमति दिएको छ । कोरोनाविरुद्व सिनोफार्म खोप ७९ प्रतिशत प्रभावकारी देखिएको छ ।

त्यसैगरी, रुसले डिसेम्बर ५ देखि कोरोना विरुद्वको घरेलु खोप स्पुतनीक भी लाई प्रयोगमा ल्याएको छ । स्पुतनीक भीलाई बेलारुस र अर्जेनटिनाले समेत प्रयोग गर्ने भएको छ । दूवै देशले मंगलबारदेखि खोपलाई प्रयोगमा ल्याएको छ । स्पुतनीक भीलाई जनवरी महिनादेखि अलजेरियाले समेत प्रयोगमा ल्याउने भएको छ ।

त्यसैगरी, पश्चिमी मुलुकमा सर्वप्रथम खोपलाई प्रयोग गर्ने बेलायत बनेको छ । अमेरिकी र जर्मन कम्पनीद्वारा निर्मित फाइजरलाई प्िरयोगमा ल्याइसकेको छ फाइजरको भ्याक्सिनेशनमा बेलायतका करिब ९ लाख पचास हजार मानिस सहभागी भएको थिए । डिसेम्बर ८ देखि भ्याक्सिनेशन सुरु गरेको बेलायतलमा डिसेम्बर २७ मा अन्त्य भएको थियो । बेलायतले एस्ट्रजेनेकालाई मान्यता दिने पहिलो देश बनेको थियो । बेलायतले एस्ट्रजेनेका र अक्फर्डद्वारा निर्मित खोपलाई बुधबार मान्यता दिएको थियो ।

क्यानाडा र अमेरिकाले भ्याक्सिनेशनलाई डिसेम्बर १४ बाट सुरु गरिसकेको छ भने स्वीट्जरल्याण्डले २३, सर्बिया २४, नर्वेमा यही आइतबार देखि गरिएको द्ध भने आइसल्याण्डमा मंगलबार देखि फाइजरको भ्याक्सिनेशन सुरु भएको छ । अमेरिका र क्यानाडाले फाइजरबाहेक र्मानाको खोपलाई स्वीकृती दिने पहिलो दूई देश बनेको थियो । मार्डनालाई युरोपेली संघले जनवरी ६ मा मान्यत दिने भएको छ । करिब २८ लाख अमेरिकी नागरिकले कोरोना खोपको पहिलो डोज लगाइसकेका छन् । २७ देश मिलेर बनेको युरोपेली संघमा रहेको जर्मनीले पाँच दिन भित्र १ लाख ३० हजार व्यक्तिलाई खोप लगाइसकेको छ । यो थोरै दिनमा अत्याधिक खोप लगाउन देश बनेको छ ।

त्यसगरी संयुक्त राज्य अरबले चिनियाँ कम्पनीद्वारा उत्पादीत खोपलाई सिनोफार्मलाई डिसेम्बर १४ देखि प्रयोगमा ल्याएको छ भने दूबईले फाइजर खोपलाई मान्यता दिएको छ । ययसले डिसेम्बर २३ देखि खोप अभियान सुरु गरेको छ । त्यसैगरी, साउदी अरब, बेहराइनले खोप अभियानलाई डिसेम्बर १७ बा सुरु गरेको छ भने त्यसको दुई दिन पश्चात इजराइलले अभियान सुरु गरेको छ ।

कतारले डिसेम्बर २३, कुवेतले डिसेम्बर २४ र ओमानले २७ डिसेम्बरबाट खोप अभियान सुरु गरेको छ । बहराइनबाहेक अन्य देशले फाइजरको खोपलाई मान्यता दिएको हो । बहराइनले चीनमा उत्पादित खोप सिनोफार्मलाई मान्यता दिएको हो । इजराइलले एक महिनाभित्र ८ लाख व्यक्तिलाई खोप लगाइसकेको छ भने बहराइनले ६ लाख र ओमानले तीन हजार भन्दा बढी व्यक्तिलाई खोप लगाइसकेको छ । त्यसगरी, टर्किले अगामी महिनाको मध्यबाट चिनियाँ खोप सिनोभ्याकलाई प्रयोगमा ल्याउने भएको छ । डिसेम्बर २४ देखि मेक्सिको, चिली, कोस्टारिकाले फाइजरलाई प्रयोगमा ल्याउने भएको छ । सोही भ्याक्सिनलाई सिंगापुरले बुधबारदेखि प्रयोगमा ल्याएको छ । त्यसैगरी, भारत, जापान र ताइवानले २०२१ को पहिलो त्रैमासिक भित्र खोप खभियानलाई तव्रिता दिने छ भने पाकिस्तान र फिलीपिन्सले सन् २०२१ को दोस्रो त्रैमासिकमा खोप खभियानलाई सुरु गर्ने छ । त्यसगरी अफगानिस्तान र थाइल्याण्डले सन् २०२१ को मध्यबाट खोप खभियान सुरु गर्नेछ । त्यसगरी अफ्रिकी मुलुकहरुमा स्पुतनीक भीको परिक्षणको लागि केही डोज पठाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot