Logo

आइएमई पे को नयाँ वर्ष अफर, रिचार्जमा ५ प्रतिशत क्यास ब्याक



काठमाडौं, १७ पुस । आइएमई पेले नयाँ वर्षको अवसरमा रिचार्जमा पाँच प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर मोबाइल वालेटमार्फत गरिने रिचार्जमा आइएमई पेले यस्तो अफर दिएको हो ।

यो क्यास ब्याक अफर आफ्नै मोबाइल नम्बरमा आइएमई पे वालेटमा दर्ता भएका नम्बरमा मोबाइल रिचार्जको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ । कम्पनीले दिएको यो अफर अनुसार प्रत्येक प्रयोगकर्ताले १ सय रुपैयाँ प्रति महिना क्युमुलेटिभ क्यास ब्याक पाउँनेछन् ।

विभिन्न मोबाइल नम्बरमा गरेको मोबाइल रिचार्ज लेनदेनले क्यास ब्याक नपाउने कम्पनीले स्पष्ट रुपमा जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्