Logo

मल्टिपर्पस फाइनान्सले १७ लाख ५९ हजार कित्ता शेयर लिलामीमा राखेसँगै आवेदन शुरु



काठमाडौं, १७ पुस । मल्टिपर्पस फाइनान्सले १७ लाख ५९ हजार ६२१ कित्ता शेयर लिलामीमा बिक्रि खुला गरेको छ । आजदेखि सस्थापक समुहको शेयर लिलामीमा बिक्रि खुला गरेको फाइनान्सले जनाएको छ ।

कम्पनीको शेयरमा सस्थापक तथा सर्वसाधारणहरुले आवेदन दिन सक्नेछन् । १ सय रुपैयाँ न्युनतम मुल्य तोकिएको हुनाले त्यो रकम भन्दा धेरै मुल्य अंकित गरी लगानीकर्ताले आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।

इच्छुक लगानीकर्ताहरुले मल्टिपल फाइनान्सको केन्द्रिय कार्यालय र बिक्रि प्रबन्धक क्यापिटल मार्केटबाट आवेदन दिन सक्नेछन् भने उपत्यका भन्दा बाहिरका स्थानहरु सिभिल बैंक विराटनगर, वीरगञ्ज, पोखरा, बु्टवल , नेपालगञ्ज, बीरेन्द्रनगर, धनगढी, जनकपुरलगायत स्थानहरुबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्