Logo

नेपाल फाइनान्सको शेयर आजबाट लिलामीमा, २ लाख ६० हजार कित्ता सर्वसाधारणलाई



काठमाडौं, १७ पुस । नेपाल फाइनान्सले पनि शुक्रबारबाट ५ लाख १५ हजार २४८.२५ कित्ता शेयर लिलामीमा राखेको छ । २ लाख ६० हजार १६९.५० कित्ता शेयर सर्वसाधारण र २ लाख ५५ हजार ७८.७५ कित्ता सस्थापक समुहको लागि फाइनान्सले लिलामीमा ल्याएको जनाएको छ ।

लगानी गर्न इच्छुक व्यक्तिहरुले कम्पनीको शेयर न्युनतम १ सय रुपैयाँलाई आधार मानेर त्यो भन्दा धेरै मुल्य तोकेर बोलकबोल माध्यमबाट आवेदन दिनसक्नेछन् । लगानीकर्ताहरुले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि पनि १६ लाख ९७ हजार ५ं०६.२५ कित्ता हकप्रद शेयर बिक्रि खुला गरेको थियो ।

लगानी गर्न इच्छुकहरुले नेपाल फाइनान्सको केन्द्रीय कार्यालय तथा प्रभु क्यापिटल कमलादीबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्