Logo

९ वर्षीया बालिकालाई बलात्कार गर्ने पक्राउ



ललितपुर, १७ पुस । जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इमाडोल बोझेपोखरी बस्ने झापा घर भएका ४२ वर्षीय हर्क बहादुर बिक बिहीबार साँझ पक्राउ परेका हुन् ।

हर्क बहादुरले ती बालिकालाई आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग टिकाथलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्