Logo

अन्टार्टिकाको आइसबर्ग टुक्रदै



अन्टार्टिकामा रहेको विश्वकै ठुलो हिमशिला ए ६८ ए लाखौं पेन्गुइनहरुको घर र समुन्द्रिय जीवहरुको ढोका हो । सन २०२० अप्रीलमा यसको क्षेत्रफल नापिए अनुसार २ हजार वर्ग माइल (५ हजार १ सय वर्ग किलोमिटर) रहेको लाइभ साइन्स पत्रिकाको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो हिमशिला अहिले साना साना भागहरुमा निरन्तर टुक्रिदै गइरहेको छ । यु.एस.नेशनल आइस सेन्टरका वैज्ञानीकहरुकानुसार सन २०२० डिसेम्बर २२ मा सुरुमा यो हिमशिला दुईवटामा र त्यसपछि चारवटा भागमा बाँडिएको लाइभ साइन्स पत्रिकामा रिपोर्ट गरिएको छ । टुक्रिएका चारवटा हिमशिलाहरुको नाम र क्षेत्रफल यसप्रकार छन्ः

ए ६८ एः १ हजार ४ वर्ग माइल (२ हजार ६ सय वर्ग कि.मि.)

ए ६८ डीः ५६ वर्ग माइल (१ सय ४४ वर्ग कि.मि.)

ए ६८ इः २ सय ५३ वर्ग माइल (६ सय ५५ वर्ग कि.मि.)

ए ६८ एफः ८७ वर्ग माइल (२ सय २५ वर्ग कि.मि.)

यसरी हिमशिला टुक्रिनुको मुख्य कारण विश्वको तापक्रम बढ्दै जानु हो । गर्मीको मौसममा पानी तातिन्छ र तातो पानी हिमशिलाको छेउमा पुग्छ । त्यसपछी त्यहाँको वरफ पग्लिन्छ र हिमशिला विस्तारै स–साना भागहरुमा टुक्रिन्छ । यसरी हिमशिला टुक्रदै गएमा त्यहाँ रहने पशुपन्छीहरुलाई मुख्य असर पर्ने विज्ञहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्