Logo

२४ घन्टामा ६ संक्रमितको मृत्यु



काठमाडौं, १८ पुस । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १८७० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित ४ सय १९ थपिएका छन् । आज ७ सय ५० जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६१ हजार ४ सय ३८ सय संक्रमित भएपनि २ लाख ५३ हजार ८ सय ५७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ५ हजार ७ सय ११ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्