Logo

दूध खपतका लागि छुर्पी उद्योग



पाल्पौं, पुस १९ । हिमाली र पू्र्वी नेपालका जिल्लामा व्यावसायिक रूपमा छुर्पी उत्पादन हुँदै आएकोमा अब पाल्पामा पनि छुर्पीको व्यावसायिक उत्पादन हुन थालेको छ । पाल्पामा गाईंभैसीको दूध उत्पादन वृद्धि हुन थालेपछि यस वर्षदेखि छुर्पी उद्योग सञ्चालन गर्न थालिएको हो ।

अन्य जिल्लामा जस्तै पाल्पामा मिल्क होलिडे नगर्न दूधको खपतको लागि छुर्पी उद्योग खोलिएको बताइएको छ । पाल्पामा दुई वटा उद्योगबाट दैनिक १ सय किलो छुर्पी उत्पादन हुने गर्छ । उत्पादित छुर्पी काठमाडौं, पोखरा, बुटवल, नेपालगन्ज, नारायणगढलगायतका शहरमा निर्यात हुने श्रीनगर डेरी उद्योगका सञ्चलाक रोमाकान्त न्यौपानेले बताए। दुध खेर नजाओस् भनेर व्यावसायिक रुपमा उद्योग नै सञ्चालन गरी यसको उत्पादन गर्न थालिएको उनको भनाई छ ।

एक किलो छुर्पीको ९ सय रुपैयाँ पर्ने हुँदा मासिक २५ लाख रुपैयाँ बराबरको छुर्पी उत्पादन गरी बिक्री हुने गरेको उद्योगीले बताएका छन् । पाल्पामा उत्पादन गरिएको छुर्पीको माग बढेको हुँदा उत्पादनमा वृद्धि गर्दै लगिने उद्योगीको भनाइ छ । पाल्पामा दैनिक १० हजार लिटर दूध बिक्री हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्