Logo

आन्दोलन र पार्टी पुर्नगठनको एजेन्डामा केन्द्रित नेकपा प्रचण्ड समूहको बैठक



काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड समूहको स्थायी कमिटी बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिघटनको कदम र पार्टी पुर्नगठन मुख्य एजेण्डा रहेको बुझिएको छ ।

वरिष्ठ नेता झलनाथ खनालका अनुसार बैठकमा अन्य दलहरुसँग संयुक्त रुपमा आन्दोलनमा जानेबारे छलफल गरिदैछ । उनले पार्टीको संगठन पुर्नगठन र सुदृढीकरणबारे पनि छलफल हुने बताए ।

नेकपा प्रचण्ड समूहले देशको समग्र घटनाक्रमबारे समिक्षा गरी आन्दोलनलाई सशक्त बनाउनेबारे छलफल गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्