Logo

प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन, २९ गते साधारण सभा­



काठमाडौं, १९ पुस । प्राइम कर्मसियल बैंक लिमिटेडको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधाणसभा र लाभांश वितरण गर्नको लागि बैंकले पुस २० गते बुक क्लोज गर्ने जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम भएका शेयरधनीहरुले मात्र सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । पौष ७ गते बसेको सञ्चालक समितिको बैठकले १३ औ साधारणसभा पौष २९ भर्चुअल माध्यमबाट गर्ने निर्णय गरेको थियो । सभा कन्द्रिय कार्यालय काठमाडौंबाट बिहान १० बजे सञ्चालन गर्ने पनि जानकारी दिएको छ ।

२९ गतै बस्ने सभाले ०७६÷०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्