Logo

कारोबारको पहिलो दिन सुनचाँदीको मुल्य स्थिर



काठमाडौं, १९ पुस । आज नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर रहेको छ । आइतबार छापावाला सुन प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा किनबेच भएको छ । शुक्रबार सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई आज कायम भएकै मुल्यमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्