काठमाडौं, १९ पुस । आफ्नो स्वामित्वमा रहेको सस्थापक शेयरहरु एनआइसी एसिया बैंकले आजबाट लिलामीमा बिक्रि खुला गरेको छ । बैंकले ४ वटा कम्पनीको ६ लाख २७ हजार कित्ता सस्थापक शेयर आइतबारबाट लिलामी बिक्री खुला गरेको जनाएको छ ।
लिलामी बिक्रि शेयर राख्ने कम्पनीहरुमा नागरिक लगानी कोषको २ लाख २ हजार ५६०, सुर्या लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३४७, एसियन लाइफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता र नेसनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता शेयर रहेको छ ।
सुर्या लाइफको ३३७, एसियनको ४६९ रुपैयाँ, नेसनल लाइफको ५५० रुपैयाँ र नागरिक लगानी कोषको शेयरको न्युनतम मुल्य राखेर लगानीकर्ताले आवेदन दिन सक्नेछन् भने पुस २४ गते भित्र बोलपत्र पेश गर्न सक्ने बैंकले जनाएको छ । एनआइसी एसिया क्यापिटल बबरमहल, एनआइसी एसिया बैंकको केन्द्रिय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, विरगन्ज लगायत स्थानहरुबाट लगानीकर्ताहरुले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।