Logo

मेक्सिकोमा कोरोना विरुद्वको फाइजर खोप लगाएकी चिकित्सक अस्पताल भर्ना



एजेन्सी, १९ पुस । मेक्सिकोमा कोरोनाविरुद्वको फाइजर खोप ३२ वर्षीया महिला चिकित्सकले प्रयोग गर्दा अस्पताल भर्ना भएकी छिन् । फाइजको खोप लिएपछि चिकित्सकको स्वास्थ्यमा समस्या देखिएको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यबारे अन्य चिकित्सकहरुले निरन्तर अध्ययन गरिरहेको अस्पतालले जानकारी गराएको हो ।

चिकितसकको नाम भने अस्पतालले सार्वजनिक गरेका छैन् । खोप लगाएपछि उनलाई मिर्गी आएको, श्वासप्रश्वासमा कमि देखिएको र छालामा दाग आएको कारण अस्पताल भर्ना गरिएको थियो । यस विषयमा स्वास्थ्य मन्त्रालयले महिला चिकित्सकलाई पहिला देखि नै एलर्जीक रिएक्शन भएको जनाएको छ । सथै, खोपले दिमागमा अहिलेसम्म कुनै व्यक्तिलाई असर पुर्याएको रेकर्ड नरहेको मन्त्रालयले स्पष्ट पारेको छ । फाइजरलाई तरुन्तै यस कारण आरोप लगाउन नसकिने समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot