Logo

टेस्ला मोर्टर्स भारत भन्दा पहिला नेपालमा भित्रियो



एजेन्सी, १९ पुस । अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला मोर्टर्स भारत भन्दा पहिला नेपालमा भित्रिएको छ । नेपालमा भने उक्त कम्पनीको आधिकारिक डिलरसिप नभएपनि उक्त कम्पनीले आफ्नो विभिन्न मोडलका कारहरुलाई नेपालमा भित्राएको हो ।

टेस्लाद्वारा निर्मित सात प्रकारका विद्युतीय कारहरु नेपाली बजारमा आइसकेको छ । त्यसमध्ये चार किसिमका मोडल एक्स लंग रेन्ज र तीनवटा स्ट्यान्डर्ड रेन्जको रहेको छ । सातमध्ये पाँथ किसिमका मोडलहरु नेपालमा बिक्रि भइसकेको एआरइटिइ इन्टरनेश्नलले जनाएको छ ।

मोडल एक्स लंग रेन्जका कारहरु साढे तीन करोड देखि सुरु छ भने मोडल थ्री स्ट्यान्डर्ड रन्जका कारहरुको मूल्य डेढ करोडबाट सुरु छ । टेस्ला मोर्टर्सका कारहरु दक्षिण चीनबाट नेपाल भित्रीएको छ । नेपालमा रहेको अटोमोबाइल डिलर स्रिमा डिस्ट्रीब्युटर र एआरइटिइ एन्टरनेश्नलले उक्त कार नेपाल भित्राएका हुन् । नेपालमा भने यस कम्पनीको आधिकारिक डिलरसिप नरहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्