Logo

नक्कली पिसिआर रिपोर्टसहित विदेश जान लागेका ७ जना पक्राउ



काठमाडौं, १९ पुस । नक्कली पिसिआर रिपोर्ट सहित ७ जना पक्राउ परेका छन् । नक्कली पिसिआर रिपोर्ट सहित विदेश जान लागेका ७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरुमा फ्लाई दुबईको उडानद्वारा दुबई जान लागेका सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्