Logo

चिनियाँ चलचित्र उद्योग विश्वकै ठूलो



एजेन्सी, १९ पुस । चिनियाँ चलचित्र उद्योग विश्व कै ठूलो उद्योग बन्न सफल भएको छ । कोरोना महामारीबीच सम्पूर्ण देशको चलचित्र उद्योग धारासाही बन्दा चिनियाँ उद्योगले निकै राम्रो व्यापार गरी विश्व कै ठूलो बजार कायम गर्न सफल भएको हो ।

चिनियाँ बक्स अफिसले महामारीबीच सन् २०२० मा करिब २० अर्ब राजस्व उठाउन सफल भएको छ । उठेको राजस्वले चिनियाँ चलचित्र उद्योगलाई ठूलो बजारमा परिनत गरेको छ । यसले संयुक्त राज्य अमेरिकासहितको उत्तर अमेरिकी फिल्मी उद्योगलाई पछि पारेको छ । उत्तर अमेरिकी उद्योगले महामारी बीच २ अर्बको व्यापार गर्न सफल भएको थियो ।

चिनियाँ उद्योगले नयाँ वर्षको दिन सर्वाधिक व्यापार गर्दै रेकर्ड ब्रेक गरेको छ । महामारी रोकथाम र नियन्त्रण गरी सुचारु भएको सिनेमा घरहरुले नयाँ वर्षको दिन व्यापक रुपमा व्यापार गरेको छ । उत्तर अमेरिकी बक्स अफिसलाई चिनियाँ बक्स अफिसले पहिलो पटक पछि पार्न सफल भएको हो ।

चीनले महामारीलाई नियन्त्रण गर्न सफल भएको कारण चलचित्र उद्योगले सफतला पाएको जनाइएको छ । उत्तर अमेरिकी उद्योग निरन्तर सर्वाधिक स्थान कायम गरिरहेको थियो । २०२० भने सो उद्योगको लागि खराब रहेको बुझिएको छ । चीनले कोरोनालाई सही ढंगले नियन्त्रण गरेको कारण चिनियाँ बक्स अफिसले सफलता पाएको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्