Logo

कंगनालाई अदालतले दियो झट्का



एजेन्सी, १९ पुस । बलिउड अभिनेत्री कंगना रनौटलाई नागरिक अदातले झट्का दिएको छ । अदातलले बीएमसीलाई राहत दिएको छ । कंगनामाथि नियम उल्लघंन गरेको आरोप लगाएको छ । अभिनेत्रीले मुम्बईमा बनाएको घर पछिल्लो दुई वर्षदेखि विवादमा आइरहेको छ ।

कंगनाले बीएमसीलमाथि कारबाहीको माग गरेर अदालतमा मुद्दा दायर गरेकी थिइन् । समाचार अनुसार अदालतले यसको फैसला १७ डिसेम्बरमा गरेर कगनाले नियमको उल्लघंन गरेको बताएको थियो ।

फैसला गर्ने वकिलको अनुसार कंगनाले १६ तलाको भवनमा पाँचौ तलामा तीन फ्याट बनाउदा कसंक एरिया, डक्ट एरिया र कमन प्यासेज बनाएकी थिइन् । यसको साथै खुला रहने स्थानमा पनि कोठा बनाएकी थिइन् ।

अदालतले गरेको यस्तो फैसलामाथि कसैले पनि दखल दिन आवश्यक नभएको बताएको छ । कंगनालाई यस फैसलाको विरुद्ध उच्च अदालत बम्बैमा अपिल गर्नलाई ६ हप्ताको समय दिएको थियो ।

अदालतको यस आदेशले कंगनालाई झट्का लागिरहेको मान्न सकिन्छ । बीएमसीले मार्च २०१८मा अभिनेत्रीले आफ्नो फ्याटमा अनाधिकृत निर्र्माण कार्य गरेको सुचना जारी गरेको थियो । तर पछि यो विषय हराउदै गएको थियो ।



प्रतिक्रिया दिनुहोस्