Logo

सिनेमा हल खुले पनि सुनसान



काठमाडौं, १९ पुस । लामो समय कोरोना महामारीको कारण बन्द भएको सिनेमा हल सरकारले खोल्ने अनुमति नदिएपनि आफै खुलेका छन् । प्रत्येक हप्ता नयाँ नयाँ फिल्म चल्ने सिनेमा हल अहिले भने ठप्प जस्तै छ । सिनेमा हल व्यवसायीहरुको छाता संगठन नेपाल चलचित्र सघले पुष १० गतेबाट हल खोल्ने निर्णय गरेको थियो । तत्काल नयाँ फिल्म चलाउन निर्माताहरु कोही तयार छैनन् त्यसकारण हलमा पुरानो फिल्म चलाइराखेका छन् । त्यसको असर पनि होला हलहरु प्राय सुनसान जस्तै छन् । हलमा दर्शकहरुको शुन्य उपस्थिती जस्तै छ ।

सरकारले जारी गरेको स्वास्थ्यका मापदण्ड अपनाएर हल सञ्चालनमा ल्याउदा पनि उल्लेख्य दर्शकहरु फिल्म हेर्न गएका छैनन् । हाल ‘आमा’ र धुर्मुस सुन्तलीको फिल्म सेन्टी भाइरस प्रदर्शनमा छन् । यी दुई फिल्म कोरोना कहरको कारण रिलिज हुन पाएका थिएनन् । नयाँ फिल्म रिलिज नभएसम्म दर्शकहरु हलमा आउन नसक्ने हल सञ्चालकहरु बताउँछन् । तर, फिल्म निर्माता भने आफ्नो फिल्म प्रदर्शन गरेर जोखिम यठाउन चाहेका छैनन् ।

माघ १ गते बाट भने दर्शकहरुले नयाँ फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ हेर्न पाउने भएका छन् । यो फिल्मबाट दर्शकहरुलाई हलमा तान्ने सञ्चालकहरुले विश्वास गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्