Logo

नेकपा प्रचण्ड समूहद्वारा संसद पुनःस्थापनाका लागि आन्दोलनमा केन्द्रित हुने निर्णय



काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड समूहले संसद पुनःस्थापनाका लागि आन्दोलनमा केन्द्रित हुने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले आन्दोलनलाई सशक्त बनाउँदै लैजाने निर्णय गरेको हो ।

नेकपा प्रचण्ड समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशव्यापी आन्दोलनलाई सशक्त बनाएर जाने निर्णय भएको बताए । बैठकले मध्यावधि निर्वाचन गर्नका लागि घोषणा नभएको भन्दै आन्दोलनलाई सशक्त बनाउन अन्य दलहरुसँग पनि छलफल अगाडि बढाउने निर्णय भएको जानकारी दिए ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर समिक्षा भएको बुझिएको छ । देशभर संगठन पुर्नगठनसँगै सशक्त बनाउँदै लैजानेबारे पनि छलफल भएको छ ।
आन्दोलनको कार्यक्रम तय गरेकाले जिम्मेवारी दिने र सक्रियता बढाउनेबारे पनि छलफल भएको बुझिएको छ ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot