Logo

किन भारत जाँदैछन् प्रचण्ड ?



काठमाडौं, १९ पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत जाने भएका छन् । उनले आफू सोमबार भारत जान लागेको स्थायी कमिटी बैठकमा जानकारी गराएको बुझिएको छ ।

प्रचण्ड पत्नी सीता दाहाललाई लिएर भारत जाने भएका छन् । उनको साथमा छोरी गंगा दाहाल पनि भारत जाने बुझिएको छ । दाहाल परिवार सिधै मुम्बई जाने भएका छन् ।

सीतालाई केही समययता पार्किन्सन रोग छ । उनको देशभित्र उपचार हुँदै आएको छ । गत हप्तामात्र उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरी डिस्चार्ज गरिएको हो ।

नेकपा विभाजनपछि चीनको भुमिका निकै खुलेको छ । तर, नेपालको रानीतिमा प्रभाव राख्ने भारतको पनि चासो छ । प्रचण्डप्रति भारत सकारात्मक नभइरहेको देखिइरहँदा उनी उतै जान लाग्नुलाई भने अर्थपूर्ण मानिएको छ । भारतमा रहँदा प्रचण्डले राजनीतिक भेटघाट गर्ने नगर्ने खुलिसकेको छैन ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्