काठमाडौं, पुस २० । प्रभु क्यापिटल लिमिटेडले कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न तालिम आयोजना गरेको छ । तालिम पुस १७ गते शुक्रबार सम्पन्न भएको हो ।
तालिम कार्यक्रममा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले कम्पनीले हालसम्म हासिल गरेको उपलब्धि, आगामी दिनमा अपनाउने रणनीतिबारे जानकारी गराए । उनले कर्मचारीहरूको मनोबल वृद्घि गरेर सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । लगानी बैंकिङको अवधारणाअनुसार काम गर्न उनले कर्मचारीहरूलाई निर्देशन दिए ।