Logo

कोरोनाले बढायो ब्यान्डविथ आयात



काठमाडौं, पुस २० । कोरोनाका कारण बढेको भर्चुअल गतिविधिले इन्टरनेट ब्यान्डविथ आयातबापत नेपालबाट बाहिरिने रकम बढेको छ । अघिल्ला वर्षमा वार्षिक औसत दुई अर्ब रुपियाँ ब्यान्डविथ आयातबापत विदेशिने गरेकामा कोरोना सङ्क्रमणयता सात महिनामै त्यसकै हाराहारीपुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार गत २०७६ चैतदेखि २०७७ असोजसम्म एक अर्ब ८२ करोड रुपियाँ ब्यान्डविथ आयातमा खर्च भएको छ । कोरोना सङ्क्रमणका नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण भर्चुअल गतिविधि बढेको समय पनि यही नै हो ।

जब कि २०७५ चैतदेखि २०७६ असोजसम्म ब्यान्डविथ आयातबापत एक अर्ब १० करोड रुपियाँ नेपालबाट बाहिरिएको छ अर्थात् कोरोना सङ्क्रमणका कारण ब्यान्डविथ आयातबापत करिब ७५ करोड रुपियाँ बढी रकम बाहिरिएको तथ्याङ्कले देखाउँछ ।

कोरोना सङ्क्रमणकै बीच गत असारमा त एकै महिना करिब ६१ करोड रुपियाँको ब्यान्डविथ आयात भएको देखिन्छ । असोजमा मात्रै करिब ४३ करोड रुपियाँको ब्यान्डविथ आयात भएको तथ्याङ्कले देखाउँछ । चैतदेखि असोजसम्म प्रायः सबै महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा ब्यान्डविथ आयात बढेकै देखिन्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot