Logo

प्रचण्ड भारत प्रस्थान, नेकपाको दुवै समूहमा चासो



काठमाडौं, २० पौष । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गरेका छन् । उनी विहान ११ बजेको उडानबाट मुम्बईतर्फ प्रस्थान गरेका हुन् ।

प्रचण्ड पत्नी सीता दाहाल र छोरीहरु रेणु र गंगा दाहाललाई लिएर भारत प्रस्थान गरेका हुन् । प्रचण्डको सचिवालयले नियमित उपचारका लागि भारत प्रस्थान गरेको जानकारी दिएको छ ।

 

सीतालाई केही समययता पार्किन्सन जस्तै रोगमो समस्यासँग जुधिरहेकी छिन् । उनको देशभित्र उपचार हुँदै आएको छ । गत हप्तामात्र उनलाई मेडिसिटी अस्पतालमा भर्ना गरी डिस्चार्ज गरिएको हो । यसअघि विदेशमा पनि उपचारका लागि लगिएको थियो ।

प्रचण्ड पत्नी सीता दाहाललाई लिएर भारत प्रस्थान गरेपछि नेकपाको दुवै समूहमा चासो बढेको छ । प्रचण्डप्रति भारत सकारात्मक नभइरहेको देखिइरहँदा उनी पत्नीको उपचारका लागि अन्य देश नगई उतै जान लाग्नुलाई भने अर्थपूर्ण मानिएको छ । भारतमा रहँदा प्रचण्डले राजनीतिक भेटघाट गर्ने नगर्ने खुलिसकेको छैन । तर, उनी नितान्त पत्नीको उपचारमा मात्र केन्द्रित नहुने बुझिएको छ ।-फाइल तस्वीर



प्रतिक्रिया दिनुहोस्