Logo

स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित भारतीय नागरिक पक्राउ



काठमाडौं, २० पुस । सोमबार थानकोट प्रहरीले स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ नगद सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । कपिलवस्तुबाट काठमाडौं आउदै गर्दा थानकोटबाट ३० वर्षीय अमित कुमार गुप्ता नगदसहित पक्राउ परेका हुन् ।

उनीसँगै बसका चालक संगम थारुलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रदेश ३–०१–०२३ च २२५९ नम्बरको बसमा राखिएको तीन वटा झोला खानतलासी गर्दा लुकाई ल्याएको स्रोत नखुलेको उक्त रकम भेटिएको प्रहरीले बताएको छ । प्रहरीले आज नै पत्रकार सम्मेलन गरेर पक्राउ परेका दुवैजनालाई सार्वजनिक गर्ने तयारी छ ।



प्रतिक्रिया दिनुहोस्