Logo

नेप्सेमा प्राइम बैंकको शेयरमुल्य समायोजन



काठमाडौं, २० पुस । प्राइम कमर्शियल बैंकको शेयर मुल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज समायोजन गरेको छ । बैंकको १५ प्रतिशत बोनस समायोजन पछि प्रतिकित्ता शेयरमुल्य ४०७ रुपैयाँ नेप्सेले तोकेको जनाएको छ ।

पुस १९ गते बैंकको शेयर प्रतिकित्ता ४६८ रुपैयाँमा अन्तिम कारोबार भएको आधारमा नेप्सेले मुल्य समायोजन गरेको हो । साधारणसभाको लागि बुक क्लोज गरेर नयाँ मुल्य तोकेको हो । गएको आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव गरी २९ गते पौषको बिहान १० बजे बैंकको केन्द्रिय कार्यालमा सभा बोलाएको जानकारी दिएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्