Logo

नेशनल माइक्रोफाइनान्सले २७ प्रतिशत लाभांश प्रस्ताव गर्यो



काठमार्डौ, २० पुस । गत आर्थिक वर्षको मुनाफाबाट नेशनल माइक्रोफाइनान्सले शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरेको छ । पुष १९ गते बसेको सञ्चालक समितिको बैठकले २१ प्रतिशत बोनस शेयरधनीहरुलाई र करसहित ६ प्रतिशत नगद गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ ।

शेयरधनीहरुले लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र पाउने फाइनान्सले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्